PRIME TIME 8 PM NEWS_2077_04_29 - NEWS24 TV

10 Просмотры
Издатель
संक्रमणको बढ्दो रफ्तारले सगम्र मुलुकलाई लपेट्दै लगेको छ । हरेक दिनको तथ्यांकले अत्यास सन्निकट रहेको संकेत गर्न थालेको छ । सरकारले देशभरका अस्पतालहरुमा कोभिड १९ उपचारका लागि छुट्टै र विशेष व्यवस्था गरिएको दावी गर्दा एकातिर ढुक्क हुने अवस्था देखिएको छ । तर संक्रमितहरुले उपचारमा भोग्नु परेको समस्या र संक्रमणविहीनहरुप्रति अस्पतालहरु अनुदार बन्दा देखिएको अवस्था सरकारले दावी गरे जस्तो सहज छैनन् । पछिल्लो समय बढ्दो तथ्यांकले तयारी चानचुने नभई भीषण नै गर्नु पर्ने अवस्था छ । समाज कहिं कतै अनुशासित छैन नत अनुशासन सरकारी काम कारवाहीमा देखिएका छन् । अनुशासनहिन अवस्था कोरोनाका लागि अवसर हो । त्यसैले पनि सरकारले जिम्मेवारी बोध गर्दै गर्दा सबैभन्दा बढी जिम्मेवार जनता स्वयं हुन आवश्यक छ । किनभने बुढी मरि होइन काल पल्किसकेको छ । हेक्का होस् सबैलाई ।

प्राइम टाइम न्यूजका हेडलाइन्स ।

१. ५ सय २५ नयाँ कोरोना संक्रमित थपिए, कूल संक्रमित झण्डै २५ हजार, मृतकको संख्या ९५, त्रिवी शिक्षण अस्पतालको आकस्मिक सेवा बन्द ।

२. कोरोना संक्रमितको शव व्यवस्थापनमा सरकारले जारी ग¥यो मापदण्ड, परम्परागत संस्कारमा ध्यान दिन आग्रह ।

३. संसदीय समितिका सभापतिसहित सदस्यहरुले नै लगाएनन् मास्क, स्वास्थ्य मापदण्ड पालना गर्न विधायन समितिको ध्यानाकर्षण ।

४. नौ दिनपछि नेकपाका अध्यक्षद्वय ओली र दाहाल संवादमा जोडिए, छलफल सकारात्मक भएको दुबै पक्षको दाबी ।

५. र, बेरुत विष्फोटपछि भएका प्रदर्शन रोक्न लेबनानमा संकटकाल, प्रदर्शन र सभासम्मेलन रोक्न सेना परिचालन गर्ने प्रस्ताव संसदबाट स्वीकृत ।
SUBSCRIBE :
WEBSITE :

#News24Nepal #SidhaKuraJanataSanga #PrimeTimeNews
Категория
Новости шоу-бизнеса
Комментариев нет.