PRIME TIME 8 PM NEWS_2077_05_01 - NEWS24 TV

14 Просмотры
Издатель
नेपालमा १९९० सालबाट प्रवेशिका परीक्षा सुरु भएपनि विभिन्न कालखण्डमा स्थगित पनि भयो । एसएलसी भनिने यो प्रणाली एसइईमा रुपान्तरण पनि भयो । तर, इतिहासमै पहिलोपटक २०७६ सालको एसईई रद्द भयो । अर्थात् २०७६ सालमा विना परीक्षा नै विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरियो । कारण थियो, कोरोना भाइरसको बढ्दो संक्रमण । संक्रमणलाई नै ध्यानमा राखेर सरकारले अन्तिम समयमा आएर स्थगित गरेको परीक्षा अन्ततः नलिने निर्णय गरेको थियो । यसले विद्यार्थीले परीक्षा नै नदिई फलामे ढोका पार गर्ने बाटो खुल्यो । सरकारले जेठमा गरेको निर्णयानुसार दुई महिनापछि विद्यार्थीको मूल्यांकनका आधारमा ४ लाख ८२ हजार ९ सय ८६ जनामध्ये ४ लाख ७२ हजार ७८ को मात्र विवरण बोर्डले प्रमाणिकरण गरेको छ । अर्थात् त्यति उत्तीर्ण भएका छन् ।

प्राइम टाइम न्यूजका हेडलाइन्स ।

१. कोरोनाका कारण देखाउँदै स्थगित गरिएकोे गत वर्षको एसईईको नतिजा सार्वजनिक, विद्यार्थीको मूल्यांकनका आधारमा ४ लाख ७२ हजार ७८ मात्रै उत्तीर्ण ।

२. उपत्यकामा १६८ सहित देशभर ५ सय ८१ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २७ हजार नाघ्यो, थप ३ जनाको मृत्यु ।

३. कोरोनाको संक्रणम बढेपछि ४१ जिल्लामा निषेधाज्ञा र लकडाउन, संक्रमितको उपचारका लागि बेड छु्टयाउन गरिएको निर्देशन अन्तर्राष्ट्रिय मान्यता विपरित भएको जनस्वास्थ्यविज्ञको टिप्पणी ।

४. पार्टी विवाद समाधानका लागि गठन गरिएको कार्यदल नेकपा सचिवालयद्वारा अनुमोदन, समयसीमा तोकिएन ।

५. र, नेपाल–भारत संयुक्त निगरानी संयन्त्रको बैठक सम्पन्न, भारतीय सहयोगमा निर्माण सम्पन्न भएका भूकम्प क्षतिग्रत भवनको चर्चा ।

SUBSCRIBE :
WEBSITE :

#News24Nepal #SidhaKuraJanataSanga #PrimeTimeNews
Категория
Новости шоу-бизнеса
Комментариев нет.