PRIME TIME 8 PM NEWS_2077_06_05 - NEWS24 TV

3 Просмотры
Издатель
गतिविधि खुल्ला भएपछि कोरोना भाइरस संक्रमणको दर पनि बढ्दो छ । अब न आकाश नत सडकमा, अवरोध कतै छैन । पसल, होटलसहित सबै व्यवसायिक गतिविधि निर्वाधरुपमा सञ्चालनमा आएका छन् । गतिविधि खुल्ला भएपछि मानवीय चहलपहल पनि निर्वाधरुपमा बढेका छन् । तर अब होस् पु¥याउनु पर्ने र सचेत बन्नु पर्ने जिम्मेवारी सबैमा थपिएको छ । कोरोनाबाट बच्न सहज रहेन अब, अनुहार हेरेर संक्रमित नचिनिने भएकोले पनि सजगता नै सबैभन्दा ठूलो उपाय बनेको छ । ‘लागे देखुला नि’ भन्ने प्रवृति र मानसिकता त्यागेर मास्क नछोडी आनवानीलाई अनुसाशित बनाउन कसैले पनि भुल्नु हुन्न । कोरोना घातक बनेर हाम्रै वरिपरि घुम्न थालिसकेको छ । सबैलाई हेक्का रहोस् ।

अब प्राइम टाइम न्यूजका हेडलाइन्स ।

१. गत २४ घण्टामा १६ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या ४ सय २७ पुग्यो, एकैदिन एक हजार बढीमा भाइरस पुष्टी ।

२. हवाई गन्तव्यहरुमा ६ महिनापछि आन्तरिक उडान सञ्चालनमा, पहिलो दिनमै ७० प्रतिशत सिट क्षमतामा यात्रु गन्तव्यतर्फ ।

३. कीर्तिमानी पर्वतारोही आङरिता शेर्पा ‘हिमचितुवा’ को निधन, कीर्तिमान एवं स्वाभिमानका नायक शेर्पा नेपाली जनमनमा सदैव अमर रहने ।

४. नेपाली भूमिमा चीनको हस्तक्षेप, हुम्लाको लाप्चामा नेपालीलाई नै प्रवेशमा रोक, चीनले बनायो भवन ।

५. र, १३औं सागमा मुलुकलाई गर्विलो पदक दिलाउने कीर्तिमानी खेलाडी मान पदवी अलंकारबाट अलग, विभागीय खेलाडीको योगदानको मात्र मूल्यांकन हुनु अन्यायपूर्ण ।

SUBSCRIBE :
WEBSITE :

#News24Nepal #SidhaKuraJanataSanga #PrimeTimeNews
Категория
Новости шоу-бизнеса
Комментариев нет.