PRIME TIME NEWS 8 PM_2078_04_04 - NEWS24 TV

0 Просмотры
Издатель
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासका लागि तिलस्मी मत पाउँदा त्यो मत त्रिशुल बनेर नेकपा एमाले भित्र बज्रिएको छ । महाकाली सम्झौताहुँदाको समयमा दुई चिरा परेको एमाले पुनः सबैभन्दा ठूलो संकटमा पुगेकोे छ । यो अवस्था आउनुमा दुबै पक्ष जुँगाको लडाइमा लागेर पार्टी एकताका लागि गम्भिर गम्भीर नहुनु नै हो । देउवाको सत्ता यात्रालाई लिएर चर्किएको थप विवादले एमालेले अझै कस्तो कस्तो अवस्थाको सामना गर्नु पर्ने हो त्यो समयले नै देखाउँला । किनभने एमाले भित्रको विवाद समाधान तिर लाग्नु भन्दा बढी नुनचुक छर्किएर चर्काउने तिर नै बढी केन्द्रित बनेको छ । यता अस्तिसम्म ओली सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने चरम आन्तरीक कलहमा अल्झेको जनता समाजवादी पार्टी जसपा देउवालाई विश्वासको मत दिने सवालमा एकै ठाउँमा उभियो । निर्वाचन आयोगमा सहमति गरेर विभाजित बनेको जसपा भित्र अब त्यस्तो अर्को कुनै मुद्दा तत्कालका लागि देखिएको छैन, जस्ले फेरि यो दुई बनेका दललाई एक ठाउँ उभ्याओस । आधिकारिकताका लागि निर्वाचन आयोग धाइरहेको जसपामा अब दुई पक्ष देउवा सरकारमा अटाउँने प्रयास भने पक्कै गर्ने छ । कोरोनाको चाल अझै पनि मुलुकका लागि जोखिम रहित नभएको अवस्थामा खोपप्रति आशा गरेर बसेकाहरुको संख्या ठूलो छ । अमेरिकी खोप जोन्सन एण्ड जोन्सन आजदेखि लगाउन सुरु गर्दा असोज मसान्तसम्म जम्मा १ करोड ३० लाख डोज खोप आउने पक्का भएको सरकारले दावी गरेको छ । सरकारले चैत मसान्त भित्र सबै नेपालीलाई खोप वितरण गर्ने भन्दै राखेको लक्ष्यमा यस्ले सघाउ पु¥याउने देखिन्छ ।

प्राइमटाइम न्युजका हेडलाइन्स््

१. कांग्रेसले सत्ताको दुरुपयोग गरेर एमालेमाथि हमला शुरु गरेको अध्यक्ष ओलीको आरोप, देउवालाई मत दिने २२ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण ।

२. जनता समाजवादी पार्टीको आधिकारीकता विवाद विभाजनउन्मुख, यादव र ठाकुर पक्षद्धारा निर्वाचन आयोगमा दाबी पेस, एकताको संभावना न्यून ।

३. देउवा सरकारले गरेको अध्यादेश खारेजीसँगै नियुक्त गरिएका पदाधिकारी अवैधानिक भएको दाबी, संवैधानिक आयोगको नियुक्तिविरुद्ध सर्वोच्चमा पूरक निवेदन ।

४. कोरोना महामारी नियन्त्रणमा सरकार थप सक्रिय, खोप केन्द्र समेत व्यवस्थित गरिदै, असोज मसान्तसम्म १ करोड ३० लाख डोज खोप ल्याइने ।

५.र. आफ्नै भवन हुँदा–हुँदै रुपन्देहीको कोटहीमाई गाउँपालिकाको कार्यालय मायादेवी गाउँपालिकामा, गोप्य फ्ल्याटबाट विल—भौचर मिलाएर अनियमितता गरेको स्थानीयको आरोप ।

SUBSCRIBE:


@news24np?lang=en

WEBSITE :

#News24Nepal #SidhaKuraJanataSanga #PrimeTimeNews
Категория
Новости шоу-бизнеса
Комментариев нет.